प्राणघातक आक्रमणकारीलाई जेल हिरासतमा पठाइयो

5f1bf566-68c7-42a4-adcc-8041a952e90b


कालचिनी – मंगलबार अपराह्न समय घरमा केवल एकजना महिला आफ्नो दिव्याङ्ग बच्चालाई लिएर पाकघरमा खाना बनाइरहेको समय गाउँको एकजना परिचित बदमाशले छुरी देखाएर लुटपाट गर्न खोज्दा उक्त महिला लगायत अन्य तीनजना गरी जम्मा चारजना गम्भीर घाइते बनेको थियो।
प्राप्त जानकारीअनुसार मंगलबार हेमिल्टनगञ्ज डिपोपाड़ा रेलवे कलोनीमा शान्ता सा बासफोरको घरमा पसेर स्थानीय एकजना बदमाश युवक सञ्जीव दास उर्फ टाइबो उमेर २६ ले धारिलो चक्कुको सहारामा लुटपाट मच्याउन खोजेको थियो भने शान्ताले यसको प्रतिरोध गर्दा चक्कुले शान्तामाथि प्रहार गर्दा शान्ताको हातमा आघात परेको र हल्ला सुनेर परिवारका अन्य तीनजा सुबोध कुमार सा, लक्ष्मी बासफोर र रिता बासफोर पनि आएर प्रतिरोध गर्दा उनीहरूलाई छुरी चलाएर घाइते बनाएको थियो।
उक्त घटनाले हेमिल्टनगञ्जमा सनसनी फैलिन्दा घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर बदमाश युवक सञ्जीव दासलाई पक्राउ गरेर थाना ल्याएको थियो भने युवक विरुद्ध पीड़ित परिवारले थानामा प्राथमिकी दर्ता गरेको थियो।
पुलिसले उक्त अभियुक्त युवकलाई पक्राउ गरेपछि ज्यानमारा मुद्दा हालेर आज अलिपुरद्वार जिल्ला अदालतमा पठाएको थियो भने अदालतले उक्त अभियुक्तलाई जेल हिरासतमा पठाएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *