एसएसबी ३४ वाहिनीद्वारा मेडिकल एवम् भेटेरिनरी एक्सन शिविर

d353b620-3c9a-4c49-8ebf-dfc8a756772c


कालचिनी – एसएसबी ३४ वाहिनी फालाकाटा हिन्दुस्तान मोड़ मुख्यालयको आयोजनामा आज समुकतला थाना अन्तर्गत चुनियाझोड़ा प्राथमिक विद्यालयमा गाउँलेहरू एवम् उनीहरूको घरपालुवा कुखरा, बाख्रा, सुङ्गुर, गाईगोरु र कुकुर आदिको निमित्त मेडिकल एवम् भेटेरिनरी सिभिक एक्सन शिविर सम्पन्न भएको जानकारी एसएसबी ३४ वाहिनी सुत्रले दिएका छन्।
आज उक्त शिविरमा भेटेरिनरी कमान्डेन्ट डी. त्रिपाठी लगायत मेडिकल अफिसर यादवेन्द्र यादव एवम् अन्यान्य एसएसबी अधिकारी अनि जवानहरूको उपस्थिति रहेको थियो।
शिविरमा चुनियाझोड़ा लगायत संलग्न नूरपुर फासखावा, धम्सीवाद आदि गाउँका प्रायः १०० भन्दा अधिक गाउँलेहरूले स्वास्थ्य जाँच साथै निःशुल्क औषधिको लाभ ग्रहण गरेको थियो भने घरपालुवा गाई वस्तुको उपचार र दवाईपानी पनि एसएसबीले वितरण गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement