हाँसीमारामा भाजपाद्वारा फेरि मन्त्री अखिल गिरीको पुतला दहन

9f23842c-49df-4687-8b51-f042a95228ad


कालचिनी – तृणमूल विधायक तथा कारागार मन्त्री अखिल गिरीको महिला राष्ट्पतिमाथि अभद्र टिप्पणीको मुद्दा लिएर भाजपाले राजनैतिक क्रियाकलापलाई अघि बढ़ाएको छ। गत ११ नोभेम्बरको दिन मन्त्री अखिल गिरीले गरेको मन्तव्यको घोर विरोध गर्दै कालचिनीमा भाजपा ८ नम्बर मण्डल कमिटीको पक्षबाट पुतला दहन साथै अखिल गिरी विरुद्ध कालचिनी थानामा अभियोग दर्ता गरेको थियो भने आज पुनः भाजपा ९ नम्बर मण्डल कमिटीको पक्षबाट पुरानो हाँसीमारामा एउटा प्रतिवाद सभा साथै मन्त्रीको पुतला दहन गरियो।
आज उक्त अवसरमा भाजपा ९ नम्बर मण्डल सभापति रुद्र मण्डल, भाजपा कालचिनी विधानसभा कन्भेनर आलोक मित्र एवम् सयौँको संख्यामा भाजपा समर्थकहरूले तृणमूल सरकार औ यसको मन्त्री विरुद्ध तिव्र निन्दा जनाएको थियो।

About Author

Advertisement