युनाइटेड ब्रदर्स सेमिफाइनलमा

IMG_20221116_210718.jpg

१६ नोभेम्बरः दरमदिन खेलकुद संघ (डी.के.के.एस.), सिक्किमको तत्त्वावधानमा आयोजित मिनिस्टर्स गोल्ड कप इन्भिटेशनल फूटबल टुर्नामेण्ट (दोस्रो संस्करण)-मा आज कालेबुङको युनाइटेड ब्रदर्सले जीत हासिल गऱ्यो। सोमबारिया स्कूल खेल मैदानमा बुधवार खेलिएको म्याचमा युनाइटेड ब्रदर्सले सिलगढ़ी युनाइटेड एफसी-लाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ तामाङ एक्लैले ४ गोल गरे। यसबाहेक कप्तान सोनम लेप्चा र देवाशिष राईले १-१ गोल गरे। यसरी नै सिलगढ़ी युनाइटेडबाट जीत तामाङ र सोंगले गोल गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २० र २१ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २३ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *