दार्जीलिङ टाउन भेटरन्स सेमिफाइनलमा

IMG-20221116-WA0362.jpg

१६ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा बुधवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। मेला ग्राउण्डमा भएको म्याचमा दार्जीलिङ टाउन भेटरन्सले सकर हाउस भेटरन्स (कलकत्ता)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सुदीप राईले छिराए। दार्जीलिङ टाउन भेटरन्सले सेमिफाइनलमा सिक्किम बोइज क्लब भेटरन्सको चुनौती स्वीकार्नेछ। सिक्किम बोइज क्लब भेटरन्सले वक्ओभर पाएर सेमिफाइनलमा स्थान बनायो। बिहीवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलिनेछ। पहिलो म्याचमा नेपाल भेटरन्स र मालदा भेटरन्स-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच घूम-जोरबंग्लो भेटरन्स र ईष्ट कलकत्ता भेटरन्सबीच खेलिनेछ। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *