रहरले युवती बने युवक त्यसपछि परे पछुतोमा

00-001255

कोरियाली महिलाजस्तै देखिन एक युवकले ३० वटा कस्मेटिक सर्जरी गराए। उनले पछिल्लो आठ वर्षमा यी शल्यक्रियामा २ करोडभन्दा बढी खर्च गरेका छन्। तर, अहिले उनको मन परिवर्तन भएको छ। उनले आफू फेरि पुरुष बन्न चाहेको घोषणा गरेका छन्। ती युवकले आफूलाई ‘ट्रान्सरेशियल’ भनेर चिनाउन यस्तो गरेर ठूलो गल्ती भएको बताए। एक ‘ट्रान्सरेशियल’ व्यक्तिले आफ्नो जातिको साथ आफ्नो पहिचान गर्दैन। उनीहरू आफूलाई फरक जातको ठान्छन्। इंग्ल्याण्डमा जन्मिएका ३२ वर्षीय ओली लण्डन पनि त्यही सोचका थिए। ओली सामाजिक सञ्जालका इन्फ्लिएन्सर तथा टीभी व्यक्तित्व हुन्। ओली इंग्ल्याण्ड भए पनि आफूलाई कोरियन बनाउन लागिपरेका थिए।

यसका लागि ओलीले ३० वटा कस्मेटिक सर्जरी गराए र आफूलाई कोरियाली महिलामा परिणत गरे। ओली आफूलाई ‘ट्रान्सरेशियल’ भनेर चिनाउँदै कोरियाली पप स्टार पार्क जि–मिन जस्तो देखिन चाहन्थे। यस्तो अवस्थामा उनले आफ्नो शल्यक्रिया गर्न थाले र त्यसमा २ करोड १८ लाख रुपियाँ भन्दा बढी खर्च गरे। उनको यो कदमलाई लिएर विवाद भएको थियो। तर, दर्जनौं शल्यक्रिया गरिसकेपछि ओलीले अहिले आफ्नो मन परिवर्तन गरेका छन्। उनले आफू ‘ट्रान्सरेशियल’ नभएर पुरुष भएर बाँच्न थालेको बताए। उनले भने, ‘ट्रान्सरेशियल’ भनेर चिनाउनु मेरो ठूलो गल्ती थियो। म मात्र मान्छे बन्न चाहन्छुl’ ओली पहिलो पटक अक्टोबर २०१८ मा हेडलाइन्स बने जब उनले कोरियाली देखिन १५ वटा भन्दा बढी शल्यक्रिया गरेका थिए। सन् २०२१ को अन्त्यसम्म ओलीको ३० वटा शल्यक्रिया भइसकेको छ।

About Author

Advertisement