‘बाहुबली’ की नायिका तमन्ना भाटिया बेहुली बन्ने तयारीमा !

00-1Tamannaah-Bhatia

नयाँ दिल्ली: बाहुबली फेम नायिका तमन्ना भाटियाको घरमा छिट्टै शहनाई बज्नेवाला छ। हो, बलिउडकी ब्यूटी क्वीन तमन्ना भाटियाको विवाहको चर्चा चलिरहेको छ। तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्नसक्ने बताइएको छ। आखिर सत्य के हो त? समाचारअनुसार तमन्ना भाटियाले बेहुली बन्ने पूर्ण तयारी गरिसकेकी छिन्। नायिकाले छिट्टै बिहे गर्दैछिन्। यस्तो अवस्थामा उनले कुनै पनि नयाँ प्रोजेक्ट साइन गरिरहेकी छैनन्, किनभने उनी छिट्टै विवाहको तयारीमा व्यस्त हुनेछिन् र उनलाई आफ्नो लागि केही समय चाहिन्छ।

रिपोर्टमा तमन्नाले व्यापारीको प्रस्ताव स्विकारेकी छिन् र बिहेको लागि पनि हो भनेकी छिन् भन्ने दाबी गरिएको छ। यद्यपि, अभिनेत्रीले आफ्नो विवाहको खबरलाई पुष्टि गरेकी छैनन्, तर अस्वीकार पनि गरेकी छैनन्। यो पनि भनिएको छ कि तमन्ना भाटियाले चाँडै आफ्नो विवाहको बारेमा आधिकारिक घोषणा गर्न सक्छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement