मञ्जुश्री गोल्ड कपः युनाइटेड फूटबल क्लब बुङकुलुंग प्री-क्वार्टर फाइनलमा

IMG_20221116_191413.jpg

१६ नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा युनाइटेड फूटबल क्लब (बुङकुलुंग)-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा बुधवार भएको म्याचमा युनाइटेड फूटबल क्लबले जुदाह एफसी, सिलगढ़ी (Siliguri)-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्लेयर अव् द म्याच रहने नयन प्रधानले ह्याट्रिक गरे। यसरी जुदाह एफसी-बाट सञ्जय बर्मनले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement