१६ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट बुधवारदेखि शुरु भयो। कञ्चनजंघा स्टेडियममा आज भएको उद्घाटन म्याचमा यंग मेन्स एसोसिएशन (वाईएमए)-ले सिलगढ़ी किशोर संघलाई ४-२-ले पराजित गऱ्यो। गत सीजनको विजेता वाईएमए-बाट नरहरि श्रेष्ठले ह्याट्रिक गरे। यसबाहेक एक गोल सञ्जय राईले गरे। यसरी नै सिलगढ़ी किशोर संघबाट सुब्रत साइबो र तरुण वर्मनले १-१ गोल गरे। वाईएमए-का नरहरि श्रेष्ठलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने म्याचमा देशबन्धु स्पोर्टिंग क्लब र सशस्त्र सीमा बल (एसएसबी)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ।

फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।