राष्ट्रपतिमाथि अभद्र टिप्पणीको विरोधमा भाजपाकाे र्‍याली, पुत्ला दहन

IMG_20221116_184046.jpg

अलीपुरद्वार: भाजपाले राष्ट्रपति द्रौपदी मुर्मुको बारेमा अपमानजनक टिप्पणीको बिरूद्ध बुधवार कल्चिनी ब्लकको हसिमारा क्षेत्रमा विरोध र्‍याली निकाल्यो। विरोध र्‍यालीमा ठूलो संख्यामा भाजपा कार्यकर्ता र समर्थकहरू सहभागी थिए। विरोध र्‍याली विभिन्न मार्ग परिक्रमा गर्दै हसिमारा चौपाथी क्षेत्रमा पुगेर तृणमूल मन्त्री अखिल गिरीको पुत्ला दहन गरी विरोध प्रदर्शन गरेको थियो। भाजपा नेता आलोक मित्राले भने कि तृणमूल नेताहरू र मन्त्रीहरूले हरेक दिन अभद्र टिप्पणी गरिरहेका छन्, राष्ट्रपतिलाई पनि निशाना बनाएर। यो अनुचित हो। यो कुनै पनि हालतमा सहने छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement