सिलगढीको बंगाल सफारी पार्कमा पाँच दिवसीय ‘जू फेस्टिभल’

dest-big.png

सिलगढी: सिलगढीको सालुगढास्थित बंगाल सफारी पार्कमा पाँच दिवसीय जू फेस्टिभलको आयोजना गरेको छ। यो फेस्टिभल गत १४ नोभेम्बरदेखि शुरू भएर आगामी १८ नोभेम्बरसम्म चल्नेछ। पाँच दिवसीय जू फेस्टिभलको पहिलो दिन पशुलाई काख लिइने कार्यक्रम आयोजित गरिएको थियो भने केही मानिसहरूले जानवरहरूलाई काख लिएको बताइएको छ। यसै क्रममा आज बाघडुग्राको एउटा आर्ट स्कूलका साना विद्यार्थीहरूले ‘वाइल्ड एनिमल इन जू’ थिम लिएर यहाँको देवालमा चित्र बनाए। यसको साथै प्रतिदिन क्विज प्रतियोगिताको पनि आयोजना भइरहेको छ यस सम्बन्धमा बंगाल सफारी पार्क का डीएफओ डी. शेर्पाले बताए अनुसार फेस्टिभल अवधि कलेज अनि स्कूलका विद्यार्थीहरूलाई लिएर वन्य जीवहरूमाथि विशेष कार्यशालाको आयोजना गरियो। जंगली जानवरहरूको सुरक्षा बारेमा जागरूकता पैदा गर्नको लागि नै यस जू फेस्टिभलको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement