आइपुग्यो सिनेमा घरमा ‘हम जाएगा हुन्छ म पनि’

00-1-Ham-jayegaa

गाडी चलाउने ‘हम जाएगा’ कसरी घोडा चढ्न पुगे त?

टीआरआई समाचार  

खरसाङ: दार्जीलिङबाट विश्वभरकै नेपाली समाजमा ‘हम जाएगा’ जोक्स अर्थात चुटकिलाका कारणले चर्चित बनेl सबैलाई थाहा भएकै कुरा हो ‘हम जाएगा’ पेशाले एकजना गाडीका चालक थिएl उनले चलाउने गाडी भनेको सन् १९७० को दशकमा जीप वा ल्याण्डरोभर होl यसैबाट उनका नाममा हजारौं जोक्सहरु सृजना भयोl जीप र ल्याण्डरोभर चलाउने ‘हम जाएगा’ घोडामा चढेको भन्ने सुन्दा अर्को कुनै जोक्स पो हो कि भन्ने ठान्नु स्वाभाविक होl गाडी चलाउने ‘हम जाएगा’ कसरी घोडा चढ्न पुगे त? भन्ने कुरा सबैलाई अनौठो लाग्न सक्छl अब ‘हम जाएगा’ घोडा चढेको हेर्नु हो भने ‘हम जाएगा हुन्छ म पनि’ चलचित्र हेर्नुपर्छ र मात्र कारण थाहा लाग्छl     

हम जाएगा’ भनेपछि विश्वभरका नेपालीको हेराइ सोझै दार्जीलिङ’मा फर्किन्छl १९७० को दशकमा दार्जीलिङको एउटा चर्चित व्यक्तित्वले पाएको नाम हो ‘हम जाएगा’l ‘हम जाएगा’को असल नाम हो दलबहादुर गुरुङl जोक्स-चुटकिलाहरुका खानी भएका हुनाले उनको नाम नै जीवनभर ‘हम जाएगा’ रह्योl उनको नाममा हजारौं जोक्सहरु बनियो, धेरैले आफ्नै जोक्स सृजना गर्दा पनि त्यसमा ‘हम जाएगा’को नाम समावेश गर्थेl उनकै जोक्सहरुको संकलन गरेर धेरैअघि ‘हम जाएगाको डायरी’ पनि प्रकाशित भएको थियोl ‘हम जाएगा’लाई नै मूल आधार बनाएर दार्जीलिङका प्रतिभाशाली युवा निर्देशक अदित्य रायाले चलचित्र ‘हम जाएगा हुन्छ म पनि’ चलचित्र बनाएका छन्l यसको कथा पनि निर्देशक आदित्य राया स्वयंले लेखेका हुन्l सन् २०१८ देखि यो चलचित्रको शुटिङ शुरु भएको थियो, तर सन् २०२०-२१ कोरोनाभाइरसको महामारी बाधा बनेपछि यस वर्ष यो चलचित्र पूरा भयोl अहिले यो चलचित्र दार्जीलिङमा सफलतापूर्वक चलिरहेको छl यस चलचित्रलाई चरणवद्ध रुपमा बेग्ला बेग्लै ठाउँमा प्रदर्शन गरिने भएको छl

आउँदो २५ नोभेम्बरदेखि यो चलचित्र खरसाङमा प्रदर्शन हुने भएको छl बुधबार यस चलचित्रका निर्माता वैष्णवी प्रोडक्सनद्वारा खरसाङमा पत्रकार सम्मेलन आयोजना गर्योl पत्रकार सम्मेलनमा निर्देशेक अदित्य रायाले बताएअनुसार यस चलचित्रले दार्जीलिङ पहाडी भेकको जनजीवन र संघर्षलाई हसाउँदै हसाउँदै उजागर गरेको छ भने कहिँ दु:खान्त रुपमा पनि प्रस्तुत गरिएको छl यसको शुटिङ दार्जीलिङ पहाडी भेककै प्रसिद्ध पर्यटन स्थल सन्दकफू, फालुट, सामानदेनजस्ता प्राकृतिक सुन्दरता भरिएको मनोरम ठाउँहरुमा गरिएको आदित्य रायाले बताएl

यस चलचित्रमा दार्जीलिङ पहाडी भेकका सुपरिचित दिग्गज हास्य कलाकार जीवन गुरुङ, देवराज शेर्पा, ललित गोले, सिक्किमका वरिष्ठ पत्रकार हेमन्त गिरी छन् भने अन्य नयाँ कलाकारहरुमा आदर्श थामी, अञ्जली सुब्बा, नेहा परियार रहेका छन्l यस चलचित्रमा निर्देशक अदित्य राया स्वयंले सङ्गीत दिएका छन् भने सुपरिचित गायकहरु पुष्पन प्रधान, पवन गोले, शेखर राई, माया प्रधान, रेमन्ती राई रहेका छन्l चलचित्रको छायांकन विनय शंकरले गरेका छन्l वैष्णवी प्रोडक्सनको यो दोस्रो चलचित्र होl यस भन्दा अघिको चलचित्र ‘पुनर्जन्म कथाको शुरुवात’ पनि सफलतापूर्वक प्रदर्शन भइसकेको छl

चलचित्रका मुख्य पात्र ‘हम जाएगा’को भूमिका जीवन गुरुङले निर्वाह गरेका छन्l सामानदेनमा घोडामा चढेको शुटिङ गर्दा लडेर हात उनको हात भाँचिएको थियोl गाडीको सुविधा नभएको सो ठाउँबाट उनलाई उपचारको लागि डोकोका बोकेर तीन घण्टा हिडेर रम्माममा ल्याउनु परेको थियोl आफूलाई ‘हम जाएगा’को भूमिका मन परेको र चलचित्र राम्रो बनिएको बताउँछन्l चलचित्रका अर्का सुपरिचित कलाकार देवराज शेर्पाको भनाइअनुसार भाषा, संस्कृतिको संरक्षणको लागि चलचित्रको भूमिका आवश्यक छl    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement