सन्त फ्रान्सिस अशिशी विद्यालयमा बाल दिवस पालन

IMG-20221116-WA0233.jpg

गोरुबथान (निस): गोरुबथान माल बस्तीमा स्थित सन्त फ्रान्सिस अशिशी विद्यालय एक निजि विद्यालय हो। अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने यस विद्यालयमा यसपल्ट रंगारग कार्यक्रमबीच बाल दिवस पालन गरियो।यस अवसरमा बस अनि चित्र बनाउन प्रतियोगिता, रंगोली प्रतियोगिता, बेस्ट आउट अफ वेस्ट, सलाद मेकिङ, मोबाइल फोटोग्राफी, ओरीगेमी, फूलको साज सज्जा जस्ता प्रतियोगिता रहेको थियो।

विद्यालय संस्थापक जोन ब्रिटो बेनर्जी र प्रधान अध्यापिकाले सर्वप्रथममा नानीहरुलाई बाल दिवसको शुभकामना व्यक्त गर्दै बाल दिवसबारे बताए। त्यसपछि प्रतियोगिता शुरु गरियो। विद्यार्थी नानीहरुले आफ्नो तर्फबाट उकृष्ट दिने प्रयत्न गरे।

About Author

Advertisement