नडाल एटीपी फाइनल्सबाट बाहिर, रुड सेमिफाइनलमा

photocollage_2022111616359837.jpg

१६ नोभेम्बरः रेकर्ड २२ पल्टका ग्राण्ड स्ल्याम एकल खिताब विजेता रफायल नडाल एटीपी फाइनल्स टेनिस टुर्नामेण्टबाट बाहिर भए। यसरी यस प्रतिष्ठित टुर्नामेण्टमा खिताब जित्ने उनको सपना फेरि अधुरै रह्यो। शीर्ष वरीयता प्राप्त स्पेनका स्टार खेलाड़ी नडाललाई पहिलोपल्ट टुर्नामेण्टमा हिस्सा लिइरहेका कनाडाका खेलाड़ी फेलिक्स आगर एलियासिमेले सीधा सेटमा ६-३, ६-४-ले पराजित गरे। ग्रुप चरणमा यो नडालको लगातार दोस्रो हार हो। यसबाहेक तेस्रो वरीयता प्राप्त नर्वेका खेलाड़ी केस्पर रुडले टेलर फ्रिट्जलाई ६-३, ४-६, ७-६-ले पराजित गरी नडालको बिदावारी सुनिश्चित गरे। यस नतीजाले स्पेनका युवा खेलाड़ी कार्लोस अल्कारेज सालको अन्तिम एटीपी ऱ्याङकिंगमा शीर्ष स्थानमा कायम रहने तय भयो। नडालले आफ्नो करियरमा दोस्रोपल्ट लगातार चारवटा म्याच हारे। अमेरिकी ओपन र पेरिसपछि यो उनको लगातार चौथो हार थियो। सत्रको शुरुवातमा उनले अष्ट्रेलियन ओपन र फ्रेञ्च ओपनको खिताब जितेका थिए तर चोटले गर्दा उनी विम्बल्डनको सेमिफाइनलमा हट्न वाध्य भएका थिए। म्याच हारेपछि नडालले भने, मैले टेनिस खेल्नु या मानसिक रूपले मजबूत हुनु भुलेको जस्तो मलाई लाग्दैन। अब सबै सकारात्मक कुराहरूलाई मनमा लिएर मजबूतीको साथ खेलमा फर्किनु लक्ष्य रहनेछ। अहिलेसम्म दशपल्ट प्रयास गरे पनि नडालले एटीपी फाइनल्समा ट्रफी जित्न सकेका छैनन्। उनी २०१० र २०१३-मा उपविजेता रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement