हर्क एफसी क्वार्टर फाइनलमा

IMG_20221116_160153.jpg

१६ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा हर्क एफसी (मारापुर)-ले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा मंगलवार खेलिएको एकतर्फी म्याचमा हर्क एफसीले च्यांगा युथ क्लबलाई ५-१-ले पिट्यो। विजेता टीमबाट बेजियो निटो र नीरज कार्कीले २-२ गोल गरे। यसबाहेक विशाल दर्जीले १ गोल गरे। अब बुधवार खेलिने अन्तिम प्री क्वार्टर फाइनल म्याचमा एमएमएफसी निरपानिया जूनियर र बाहुनडाँगी युथ क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement