जलपाइगढी: जलपाइगढीमा फेरी एउटा नक्कली डाक्टर पक्राउ परेकाे छ तर यसपटक नक्कली डाक्टर आयुर्वेदिक डाक्टर हुन्। जानकारीका अनुसार मुर्शिदाबाद जिल्लाका रंगबाज शेख दोस्रो कक्षा पास गरेर आयुर्वेदिक डाक्टर बनेका छन्। एक अपाङ्गता भएका बिरामीको उपचारका क्रममा यस्तो खुलासा भएको हो। विश्वजित राई जलपाइगढी जिल्लाको बानरहाट ब्लकको सुभाषपल्लीका बासिन्दा हुन्। तिनको छ वर्षको छोरा शारीरिक रूपमा अपाङ्ग छ। तिनको विभिन्न ठाउँमा उपचार भएको थियो। तर उनी निको भएनन्।