युक्रेनको राजधानीमा क्रुज क्षेप्यास्त्र प्रहार

aa0648cb-b7c9-4938-8224-b35e41139500_cx0_cy10_cw0_w1080_h608_s.jpg

नयाँ दिल्ली: इन्डोनेसियामा जारी जी ट्वाइन्टी(जी-२०) सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र हमलाहरू गरेको छ। अपुष्ट विवरणअनुसार युक्रेनको राजधानीमा क्रुज क्षेप्यास्त्र प्रहार भएको बताइएको छ। किएभमा कम्तीमा दुईवटा आवासीय भवनहरूमा क्षति पुगेको छ। कम्तीमा एकजनाको मृत्यु भएको सहरका मेयरले पुष्टि गरेका छन्। युक्रेनका अन्य कैयौँ सहरमा समेत दर्जनौँका सङ्ख्यामा क्षेप्यास्त्र हमला भएका विवरणहरू आएका छन्। जी ट्वाइन्टी सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरे पनि संयुक्त वक्तव्य निकाल्न पनि सहमति जुट्न सकेन।
रुसी विदेशमन्त्री फर्केलगत्तै हमला
बुधवार सकिने जी-२० सम्मेलनमा मस्कोको प्रतिनिधित्व गरेका रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ बाली छाडेसँगै हमलाका खबरहरू आएका हुन्। राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा विदेशमन्त्री सेर्गेइ लाभ्रोभले भाग लिएको उक्त पश्चिमा देशहरूले सम्मेलनको ‘राजनीतिकरण गर्ने प्रयास गरेको’ बताएका छन्। यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडिओ लिङ्कमार्फत उक्त सम्मेलनमा युद्ध रोकिन सक्ने र रोकिनै पर्ने बताएका थिए। उनले भने, “आफ्नो सार्वभौमसत्ता, भूभाग र स्वतन्त्रतामाथि सम्झौता गर्ने कुरा स्वीकार्न युक्रेनलाई भन्न हुँदैन। रुसले युद्ध अन्त्य गर्न चाहेको अनुमान गरिएको छ त्यसो हो भने युद्ध अन्त्य गरेर प्रमाणित होस्।”
रुसले ‘क्षतिपूर्ति तिर्नुपर्ने’ राष्ट्रसङ्घीय प्रस्ताव
युक्रेन युद्धमा भएका क्षतिको खर्च रुसले तिर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई मस्कोले आक्रोशपूर्ण रूपमा अस्वीकार गरेको छ।
राष्ट्रसङ्घीय महासभाले एउटा प्रस्ताव पारित गर्ने क्रममा रुसले आफ्ना कामको नतिजा सामना गर्नुपर्ने जसमा क्षतिपूर्ति समेत पर्ने बताएपछि मस्कोको उक्त प्रतिक्रिया आएको हो। त्यस्ता प्रस्तावहरूको खास साङ्केतिक महत्त्व हुने भए पनि ती बाध्यकारी हुँदैनन्।
क्रेमलिनले पश्चिमा जगतले उसका अन्तर्राष्ट्रिय सञ्चिती नियन्त्रणमा लिएर क्षतिपूर्तिमा प्रयोग गर्ने खोजेकोमा त्यसलाई रोक्ने गरी काम गर्ने जनाएको छ। क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमा विश्वले ‘डकैतीको वैधानिकता खोजेको’ आरोप लगाए। उनले पश्चिमा देशहरूप्रति निजी सम्पत्ति सम्बन्धी नियम र अन्तर्राष्ट्रिय कानुन तोडेको आरोप समेत लगाए। उक्त राष्ट्रसङ्घीय प्रस्तावले रुसले ‘अन्तर्राष्ट्रिय रूपमा आफ्ना सबै गलत कामको कानुनी नतिजा व्यहोर्नुपर्ने’ जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *