एसकेएम पार्टीले पञ्चायत चुनाउमा कुनै हस्तक्षेप नगरेको प्रवक्ता जेकब खालिङको दावी

IMG-20221115-WA0390.jpg

गान्तोक। सोरेङ जिल्लास्थित सोमबारिया विद्यालयको खेल मैदानमा हिजोदेखि शुरू भएको दोस्रो मन्त्री स्वर्णकप फुटबल प्रतियोगिताको दोस्रो दिन मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले नव प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्नको निम्ति यस प्रकारको प्रतियोगिता आयोजना गरेकोमा उनले आयोजक समितिलाई धन्यवाद दिए। यसरी निरन्तर खेलकूद आयोजना गर्नाले नयाँ प्रतिभाहरूले आफूलाई खेलकूदमा परिमार्जित गर्ने अवसर पाउने बताए। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि खेलकूदलाई प्राथमिकता दिँदै आइरहेको जानकारी गराए। सरकारले खेलाडीहरूलाई विभिन्न प्रकारले सहयोग प्रदान गरेको हुनाले वर्तमान परिरेक्ष्यमा राज्यका खेलाडीहरूले राष्ट्रीय अन्तराष्ट्रीयस्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको पनि उनले अवगत गराए। खालिङले प्रसङ्ग फेर्दै यसपाली पहिलो पल्ट राज्यमा पार्टीबिहिन पञ्चायत चुनाउ सम्पन्न भएको थियो,जसमा धेरैले उम्मेदवारिता दिएकोमा उनले खुशी प्रकट गर्दै यसको सम्पूर्ण श्रेय मुख्यमन्त्रीलाई दिए। चुनाउमा विजयी हुने उम्मेदवारहरूलाई बधाई दिँदै पराजित हुनेले हारलाई स्वीकार्दै अघि बढनु पर्ने आग्रह गरे। हिजो बाल दिवस अनि सम्मान भवनमा सम्पन्न भएको विधायक दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले प्रत्येक ब्लकमा व्लक र जिल्लामा र डेभलोपमेन्ट स्क्रिनिङ प्लानिङ एण्ड डेभलोपमेन्ट कमिटी गठन गर्ने र प्रत्येक टेरिटोरियलबाट एक एक जना मनोनित गर्ने र उनीहरूलाई सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरे। यसपालीको चुनाउमा पार्टीले कुनै पनि उम्मेदवारलाई सहयोग नगरेको बताए। यसर्थ जित्ने र हार्ने दुवैले सिक्किम निर्माणको निम्ति काम गर्नुपर्ने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *