सिक्किम युनिभर्सिटीले छौटौं दीक्षान्त समारोहमा १२६६१ विद्यार्थीलाई विशेष कागजको डिग्री प्रमाणपत्र जारी गर्ने

IMG-20221115-WA0387.jpg

गान्तोक: जाली प्रमाणपत्रको चलखेललाई रोक्न सिक्किम केन्द्रीय विश्वविद्यालयले विशेष पहल गर्दै यस वर्षदेखि हातले च्यात्न र छेड़्न नसक्ने, जल तथा रसायन रोधी, हलुङ्गो साथै अल्ट्रा भाइलेट किरण रोधी प्रमाणपत्र जारी गर्ने भएको छ जसलाई ल्यामिनेशन गरिबस्ने आवश्यक्ता पनि पर्नेछैन। विशेष तक्निकीको प्रयोगले तयार पारिएको “टिभेक पेपर”-को यस विशेष प्रमणपत्रको आज राजधानीमा एउटा पत्रकार सम्मेलनबीच विश्वविद्यालयका उपकूलपति अविनाश खरेले विधिवत लोकार्पण गरे। उपकूलपतिले जानकारी गराएअनुसार हिजोदेखि शुरु भएको सप्ताहव्यापी छैटौं दीक्षान्त समारोह अन्तर्गत आगामी १८ र २० नोभेम्बरको दिन वर्ष २०१९-२०, २०२१ र २०२२ मा विभिन्न विधामा स्नातक अनि स्नातकोत्तर उतीर्ण गर्ने विद्यार्थीहरूलाई यो विशेष प्रमाणपत्र प्रदान गरिनेछ। यो दीक्षान्त समारोह मनन केन्द्रमा आयोजना हुनेछ। उल्लेखनीय छ, कोभिड महामारीको कारण वर्ष २०२० देखि दीक्षान्त समारोह आयोजना नगरेको सिक्किम केन्द्रीय विश्वविद्यालयले यस वर्ष सप्ताहव्यापी दीक्षान्त समारोह आयोजना गरेको छ।

हालको समय देशमा व्याप्त जाली डिग्री प्रमाणपत्रको कालो धन्धालाई ध्यानमा राखेर सिक्किम केन्द्रीय विश्वविद्यालयले यो विशेष प्रमाणपत्र तयार पारेको उपकुलपति अविनाश खरेले बताए। सिक्किम केन्द्रीय विश्वविद्यालयको प्रमाणपत्र अलग्गै चिनियोस र यसको जाली प्रति बनाउन नसकियोस भनेर यसमा धेरैवटा यस्ता विशेषता जड़ान गरिएको जुन प्रयोग सम्भवतः डिग्री प्रमणापत्रको क्षेत्रमा पहिलो रहेको विश्वविद्यालय पक्षको दावी रहेको छ। यद्य़पि, आजसम्म सिक्किम विश्वविद्यालयको जाली डिग्री प्रमाणपत्रको घट्ना प्रकाशमा नआएको विश्वविद्यालय़का परीक्षा नियन्त्रक डा. एस मुरली मोहनले बताए। उनले बताएअनुसार यो विशेष प्रमाणत्र १३० डिग्री सेलसियस तापमानमा पग्लिनेछ भने लेजर प्रिन्टर र फोटोकपि मशिनमा काम गर्ने छैन। तर, स्याक्न भने गर्न सकिनेछ।

उपकूलपति अविनाश खरेले बताएअनुसार यस पल्टको दीक्षान्त समारोहमा विभिन्न विधामा कूल १२६६१ विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिनेछ। विश्वविद्यालयले यस वर्षको दीक्षान्त समारोहलाई पर्वको रुपमा आयोजना गरेको जसको शुरुवात हिजोदेखि कवी सम्मेलनको साथमा आरम्भ भएको उनले जानकारी गराए। यसरी नै यस सप्ताहभरि विविध सांस्कृतिक कार्यक्रम, व्याख्न कार्यक्रम साथै अन्य कार्यक्रम आयोजना गरिने उनले बताए। आगामी १८ र २० नोभेम्बरको दिन भने मनन केन्द्रमा चार चरणमा दीक्षान्त समारोह आयोजना गरिने उनले थप बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *