एसकेएम सामाजिक सञ्जाल प्रचार प्रसार शाखाको सभा सम्पन्न

IMG-20221115-WA0386.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सामाजिक सञ्जाल प्रचारप्रसार शाखाको एक महत्त्व पूर्ण समन्वय सभा गान्तोक डीपीएच स्थित एसकेएम दर्पण कार्यलयमा सम्पन्न भयो। प्रचारप्रसार शाखाका उपाध्यक्ष प्रभारी बिरेन्द्र तामलिङको अध्यक्षतामा सम्पन्न भएको सभामा सामाजिक सञ्जालका उपाध्यक्ष एवम प्रभारी नवराज गुरुङ प्रमुख समन्वयक बिकास बस्नेतको विशेष उपस्थितिमा पार्टीको विभिन्न समसमायिक गतिविधि माथि गम्भीर चर्चा परिचर्चा गरियो। विशेष रुपमा पार्टीको केन्द्रीय मानिने प्रचारप्रसार शाखा सामाजिक सञ्जाललाई कसरी सशक्त बनाउने भन्ने विषयमाथि गहन बहस भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। आजको सभामा एसकेएम पार्टीलाई तृणमुल स्तरबाट दह्रिलो बनाउने पार्टी र नेताको नीति सिद्धान्त दर्शन र कार्यक्रमलाई जन जनमा पुऱ्याउने ध्येयले आगामी २१ तारिखदेखि पश्चिम जिल्लाबाट शाखाले समष्टि स्तरीय रुपमा सोझो संवाद गर्ने योजना बनाएको छ। प्रचारप्रसार शाखाले यो भ्रमणमा सीएलसी, बिएलसी, डब्लुएलसी र प्रचारप्रसार शाखाका सम्पूर्ण समष्टि स्तरीय र जिल्ला स्तरीय सदस्यहरूसँग भेट गर्ने आजको सभाले निर्णय लिएको छ। सभामा केन्द्रीय प्रचारप्रसार अनि सामाजिक सञ्जालका पदअधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *