प्रेस एवं मिडिया परिवारलाई मुख्यमन्त्री तामाङको हार्दिक शुभकामना

photocollage_2022819224738579.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय प्रेस दिवसको अवसरमा सम्पूर्ण प्रेस एवं मिडिया परिवारमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, वर्तमान समाजमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ र यो प्रजातन्त्रको अनिवार्य विशेषता पनि हो। सिक्किमको प्रेस अनि मिडिया सङ्गठनहरूले आफ्ना रचनात्मक पत्रकारिताको माध्यमद्वारा मानिसलाई सेवा पुऱ्याइरहनेछ भन्ने आशा व्यक्त गर्दछु।

मुख्यमन्त्रीले जनसाधारणमा सूचना प्रचार-प्रसारका मिडियाकर्मीहरूको समर्पणका लागि धन्यवाद दिएका छन्। उनले पत्रकारहरूका सबै प्रयासहरूका लागि शुभेच्छा पनि व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *