विभिन्न ठाउँहरूमा बिरसा जयन्ती भव्यरुपमा पालन

96835936-3b34-41e6-80d0-9eb2693bcf3b

बाग्राकोट- आज बाग्राकोट चियाबारीमा आदिवासी गोर्खा संयुक्त समितिको आयोजनामा बीर बिरसा मुण्डाको १४७औँ जन्म जयन्ती पालन गरियो। यस कार्यक्रममा आदिवासी गोर्खा संयुक्त अध्यक्ष सघन मोक्तान, सहसभापति लोरेनतुस लाकडा, कार्यकारी अध्यक्ष जोखिम कोरकट्टा, मुख्य सल्लाहकार सतराम कुजुर, महासचिव रुद्ध प्रधान, गणेश कार्की आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा बीर बिरसा मुण्डाको  तस्वीरमा मुख्य सल्लाहकार सतराम कुजुरले दीप प्रज्ज्वल गरी कार्यक्रमको आरम्भ गरिएको थियो।

कालचिनी – आज बीर बिरसा मुण्डाको १४७औँ जन्म जयन्ती कालचिनी खण्डको विभिन्न ठाउँहरूमा भव्यरुपमा पालन भयो। यस क्रममा कालचिनी चौपति स्थित बिरसा मुण्डाको सालिकमा पुष्पार्पण कार्यक्रम साथै विभिन्न आदिवासी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। यसरी नै पश्चिम साताली स्थित लिचुतला मैदानमा बिरसा मुण्डाको ढुङ्गाले खोपेको सालिक अनावरण गरीएको थियो। उक्त अवसरमा पूर्व विधायक विल्सन चम्प्रामारी लगायत वरिष्ठ आदिवासी समाजसेवी मासीचरण लाकड़ाको बाहुलीबाट अनावरण गरीएको थियो।आयोजक कमिटीको सदस्यहरु अजय बारा, राजु नार्जीनारी, पितुल बेक किश्मत उराँव, एवम् अन्यान्यले गाउँले प्रयासमा आज बीर बिरसा मुण्डाको सालिक स्थापित गर्न सफल भएको र साँझ सांस्कृतिक औ रंगारंग कार्यक्रम सम्पन्न हुने जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement