शुभेन्दु अधिकारीलाई टीएमसीपीको गेट वेल सून पत्र लिएर भाजपा अलिपुरद्वार जिल्ला सभापतिको जवाफ

8e40abf7-15ee-46b9-80e8-a8fc79dce335


कालचिनी – सोमबार अलिपुरद्वार जिल्ला तृणमूल छात्रा परिषदका कार्यकर्ताहरूले भाजपा नेता तथा राज्य विधानसभाका विरोधी दल नेता शुभेन्दु अधिकारीलाई मानसिक रोगीको आपोप कस्दै हुलाक मार्फत कटाक्ष गरेको थियो भने आज कालचिनीको साताली बस्तीमा बीर बिरसा मुण्डाको जन्मजयन्ती समारोहमा मुख्य अतिथिको रुपमा आईपुगेका भाजपा अलिपुरद्वार जिल्ला सभापति भूषण मोदकले तृणमूल सबै पक्षबाट अब निमिट्यान्न हुन आँटेको र पगला शुभेन्दु अधिकारी नभएर तृणमूलको सबै नेता नेतृहरू पगला भएको आरोप कसेका छन्।
तृणमूल नेताहरूले पागल सरह व्यावहार गर्दै आइरहेको र नै देशको राष्ट्रपतिमाथि अभद्र टिप्पणी गर्दै आईरहेको भूषण मोदकले दाबी गरेका छन्। तृणमूलको अब विनास हुने समय आएको र नै यस्ता उटपट्याङ प्रतिक्रिया आईरहेको भूषण मोदकले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement