जनजातीय गौरव दिवसमा वकाथन आयोजित

amcp.jpg

गान्तोक। समाज कल्याण विभागले जनजातीय गौरव दिवसको अवसरमा वकाथन आयोजना गऱ्यो। एमजी मार्गमा भएको वकाथन दौडलाई विभागीय मन्त्री सञ्जित खरेलले झण्डा देखाएर उद्घाटन गरेका थिए। वकाथन दौडमा: गंगायाप (पश्चिम), सुन्तले (दक्षिण),पारखा (पूर्व) र स्वयेम (उत्तर) र आश्रम विद्यालय झुसिङथाङका एकलव्य आदर्श आवासीय विद्यालय वकाथन रनमा सहभागी भएका थिए। विभागीय सचिव र अन्य पदाधिकारी पनि दौडमा सामेल भयो।वकाथनमा सहभागी विद्यार्थीहरुलाई मन्त्री खरेलले स्वागत गरे। उनले विद्यार्थीलाई अगाडि बढ्न हौसला दिँदै खुशी व्यक्त गर्दै यी विद्यार्थीले प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement