१५ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा मंगलवार दोस्रो राउण्डका दुईवटा म्याच खेलियो। मेला ग्राउण्डमा भएको पहिलो म्याचमा मालदा भेटरन्सले नाम्ची भेटरन्सलाई ३-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा घूम-जोरबंग्लो भेटरन्सले जोंग्री भेटरन्स (गान्तोक)-लाई ४-२-ले पराजित गऱ्यो। बुधवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ टाउन भेटरन्स र सकर हाउस भेटरन्स (कलकत्ता)-बीच भिड़न्त हुनेछ। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।