१५ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा मंगलवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। माझीधुरा खेल मैदानमा भएको म्याचमा मानेभञ्ज्यांग एफसी-ले सुकिया बोइजलाई ३-०-ले पराजित गऱ्यो। अब बुधवार खेलिने पहिलो प्री-क्वार्टर फाइनलमा सुकिया डिग्री कलेज अनि सुकिया एफसी-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र ५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।