सोनादा: सोनादाको ग्रामीण पुस्तकालयले स्थापना भएदेखि यता यस पुस्तकालयले सरकारी प्रायोजित कार्यक्रमहरूसंगै साहित्यिक कार्यक्रमहरू पनि गर्दै आएका छन्। आजको यस विशेष कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका ममोनित सभासद बिनीता खम्बु राई प्रमुख अतथिको विशेष उपस्थित थिइन्। उनको उपस्थितिमा ग्रामीण पुस्तकालयको हस्तलिखित पत्रिका मधुमासको पनि लोकार्पण गरियो। लोकार्पण कार्यक्रममा पुस्तकालय सञ्चालन समितिका सभापति एवं भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार नरबहादुर तोया, मूलसचिव एवं सुर तरंग संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधान, सञ्चालन समितिका उप सभापति एवं मधुमासको प्रमुख सम्पादक, साहित्यकार बुद्ध संगम, साहित्यकार एवं कथाकार उदय सुब्बा गोर्खा, सुमन शर्मा आदिको बाहुलीबाट उक्त हस्त लिखित पत्रिकाको विमोचन गरियो। कार्यकममा कवि केपी सेवा, कवि जनककुमार सुब्बा, कवि थिलेन लामा, कवि नरेन्द्र लामाबाट कविता पाठ गरियो। कार्यक्रममा मूलसचिव एवं सम्पादकबाट आजको पत्रिकाको विमोचन विषय साथै ग्रामीण पुस्तकालयले भोग्न परिरहेको केही समस्याहरूको विषयमा सभासद अघि राखेका थिए। पुस्तकालयको पक्षबाट सभापतिको बाहुलीबाट एउटा ज्ञापन पत्र पनि सभासदलाई प्रेषित गरियो। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि एवं सभासद बिनीता खम्बु राईले चाढ़ै नै पुस्ताकालयको समस्याहरू निवारण गरिदिने वचन दिँदै यो हस्त लिखित पत्रिका आफुलाई खुबै मन परेको बताउँदै यसलाई निरन्तरता दिईरहनु पर्ने बताइन्। कार्यक्रमको अन्त्यमा सभापतिबाट पनि वक्तव्य राखेपछि लाईब्रेरियन पुस्तकालयका सहकर्मी बिन्दा सेवा एवं दोर्जे शेर्पाबाट सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रमलाई कवि नरेन्द्र लामाले सञ्चालन गरेका थिए भने कार्यक्रममा विशिष्ठ व्यक्तिहरू केवल नारायण प्रधान, हर्कबहादुर घिमिरे, किनोरी शेर्पा अनि महेन्द्र राईको विशेष उपस्थिति रहेको थियो।