खरसाङ: सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय दिलारामको वार्षिक खेलकुद कार्यक्रम दिलाराम चिया बगान खेल मैदान सम्पन्न भएको छ। बाल दिवसको उपलक्ष्य पारेर स्कूल एसआइ रोशनी सार्कीको अध्यक्षतामा आयोजन गरिएको कार्यक्रममा प्रमुख अतिथिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ्ग सन्तमेरिज समष्टिको सभासद नुरी शेर्पा उपस्थित रहेका थिए। अथिति टुङ्ग सन्तमेरिज समष्टि युवाशक्ति महासचिव दिपेश तामाङ, हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन जोनल सभापति तथा महकुमा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, भुटूतपूर्व शिक्षक शिक्षिका सन्तमेरिज ग्राम पञ्चायत एक सचिव लगायत दिलाराम वरिष्ठ नागरिक संगठनका सदस्यहरू विशेष रूपमा उपस्थित रहेका थिए। २४ वर्षको अन्तरालपछि स्कूलले आयोजना गरेको कार्यक्रममा क्षेत्रवासीले खूबै उत्सुकता देखाएर मनोरञ्जन लिएका थिए। कार्यक्रममा स्वागत सम्भाषण शिक्षक प्रभारी अनिल शर्माले राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक दिपेश देवान अनि शिक्षिका प्रनिता मुखियाले गरेका थिए।