कोलकाता: नेपालमा चुनाउ हुन गइरहेको छ। यही चुनाउलाई ध्यानमा राख्दै पश्चिम बंगालको दार्जीलिङ जिल्लामा भारत-नेपाल सीमा १७ देखि २० नोभेम्बरसम्म बन्द रहनेछ। यस अवधि आपातकालिन चिकित्सा उद्देश्यको निम्ति आवश्यक दस्तावेजहरूको आधारमा अनुमति दिइने छ।दार्जीलिङ जिल्लामा नेपाल प्रवेशको निम्ति दुई सीमा बिन्दु छन्। एउटा दार्जीलिङको पानीङ्याङ्की र दोस्रो मिरिकमा पशुपतिमा छ। भारत-नेपाल सीमाहरूको रक्षाका लागि जिम्मेवार केन्द्रिय सशस्त्र बल एसएसबीले सीलिङ प्रक्रिया शुरू गरेको छ।एसएसबीका महानिरीक्षक (उत्तर बंगाल) श्रीकुमार बन्दोपाध्याय अनुसार, यस अवधि नेपाल र भारत दुवैतिरबाट आवागमनको अनुमति हुने छैन। तर, आपातकालीन चिकित्सा उद्देश्यहरूका कारण आउन अनि जान दिइने छ। यसको निम्ति आवश्यक दस्तावेजहरू प्रस्तुत गर्नु पर्नेछ।जानकारी अनुसार, चार दिनको निम्ति दार्जीलिङ जिल्लाका सीमावर्ती क्षेत्रहरूमा अतिरिक्त कर्मीहरू तैनाथ गर्ने निर्णय लिइएको छ। दुईवटा सीमा बिन्दु मध्ये पानीट्याङ्की सीमालाई बन्द गर्ने निर्णयका कारण व्यापारमा ठूलो क्षति पुग्ने सम्भावना मानिसहरूले व्यक्त गरेका छन्। दार्जीलिङ जिल्लाबाट सब्जीहरू लिएर जाने ट्रकहरू मुख्यरूपमा यसै सीमा भएर चल्ने गर्दछ। बिहारको किशनगंज जिल्लाको गलगलियामा पनि भारत-नेपाल सीमा उक्त समयसम्म सील गरिने जानकारी प्राप्त भएको छ।