सिमलबारीमा स्वाधीनता सेनानी वीर विरसा मुण्डाको १४७औं जन्म जयन्ती पालन

IMG-20221115-WA0349.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तराईको सिमलबारीमा स्वाधीनता सेनानी तथा आदिवासी नेता वीर विरसा मुण्डाको १४७औं जन्म जयन्ती पालन गरिएयो। १५ नोभेम्बर सन् १८७५ सालमा जन्मेका वीर वीरसा मुण्डाको १४७औं जन्म जयन्ती आदिवासी विकास परिषदको जिल्ला अध्यक्ष गुलशन बराईकको अध्यक्षता र सुकना पानीघट्टा समष्टीको सभासद परेस तिर्कीको प्रमुख आतिथ्यमा सम्पन्न गरियो। उक्त कार्यक्रममा उपस्थित अतिथहरूले वीर वीरसा मुण्डाको तस्वीरमा धुप दिप प्रज्वलन गरी खदार्पण सहित कार्यक्रम थालिएको थियो। कार्यक्रममा क्षेत्रीय सभासद परेस तिर्की, जीटीएको कार्यकारी सभासद कल्पना प्रधान, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सभाध्यक्ष आदिवासी विकास परिषदको जिल्ला अध्यक्ष गुलशन बराईकले पनि वक्तव्य राखेका थिए। तिनीहरूले बीर विरसा मुण्डाले देश स्वतन्त्रताको निम्ति गरेको योगदानबारे अवगत गराउँदै तिनी आदिवासीहरूको कर्मठ नेता रहेको पनि जनाए।

मुण्डाको देश अनि जातिप्रतिको योगदान अनि बलिदानलाई देश अनि देशवासीले कहिले नभुल्ने औ सदैव सम्मान गर्ने पनि अवगत गरए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै आदिवासी विकास परिषदको जिल्ला अध्यक्ष गुलशन बराईकले आज स्वतन्त्र सेनानी तथा आदिवासी नेता वीर विरसा मुण्डाको जन्म जयन्ती विविध कार्यक्रम सहित मनाइएको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement