रोहिणीको क्राई एनजीओद्वारा बाल दिवस पालन साथै शैक्षिक भ्रमण सम्पन्न

IMG_20221115_192906.jpg

खरसाङ: खरसाङको रोहिणीमा गैर सरकारी संस्था क्राईद्वारा नानीहरूलाई लिएर एक्सपो परिभ्रमण उत्तर बंगाल साइन्स सिटीको अवलोकन गराइएको छ। यस परिभ्रमण रोहिणीको गैर सरकारी संस्था क्राईका शिक्षिका पूजा कालिकोटेको नेतृत्वमा गरिएको छ। यसको साथै यसमा नानीहरूले धेरै ज्ञानहरू बटुल्ने साथै औधी मनोरञ्जन गरेको जानकारी प्राप्त भएको छ।

रोहिणीको गैर सरकारी संस्था क्राईद्वारा बाल दिवस कार्यक्रम पनि आयोजित गरियो अनि कार्यक्रममा नानीहरू साथै नानीहरूको अभिभावकहरूलाई लिए विभिन्न प्रकारका खेलकुदहरू खेलायो अनि यस कार्यक्रममा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, मनोनित सभासद प्रमाण रसाइली, सेन्ट जोन्स स्कूलमा निर्देशक मिलन रसाइली, रोहिणी कोठीडाँडा प्राथमिक पाठशालाको सह शिक्ष सुन्दर राई, सेन्ट स्कूलका शिक्षिकागण अनि साथै नानीहरू र अभिभावकहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement