अहिलेसम्म पनि बिजुली बत्ती नभएको नरबुङ चियाबारीको घरहरूमा सभासद प्रमाण रसाईलीकोलपहलमा चाढ़ै जड़ान गरिने

IMG-20221115-WA0342.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा अहिलेसम्म पनि पाँचवटा घरहरूमा बिजुली बत्ती नभएकोले बिजुली बत्ती जड़ानको लागि जीटीएको पावर विभागको विभागीय एमओडी मनोनित सभासद प्रमाण रसाईलीले निरीक्षण गरेका छन्। उनी आज नरबुङ चियाबारीको बत्ती नभएको पाँचवटा घरको निरीक्षण गर्नलाई विभागको सहायक अभियन्ता नसिम खातुनसित पुगेका थिए। एमओडी सभासद प्रणाम रसाइलीले नरबुङमा निरीक्षण गरेपछि आगामी बिहीबारभित्र कागज पत्रहरू विभागमा बुझाएर पाँचवटा घरहरूमा चाढ़ै बिजुली बत्ती जड़ानको लागि आफ्नै कोषबाट कार्य गरिदिने भएको बताएका छन्। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशन र पावर विभागको कार्यकारी सभासद योगेन्द्र प्रधानको सल्लाहमा नरबुङ चियाबारीको पाँचवटा घरहरूमा बिजुली बत्ती जड़ानको लागि निरीक्षण गरिएको एमओडी सभासद प्रणाम रसाइलीले बताएका छन्। उनले यो विषयमा पहिलेबाटै जानकारी भएकोले आज यहाँ आएर निरीक्षण गरेको अनि अब बत्ती नभएको पाँचवटा घरहरूमा चाढ़ै बिजुली बत्ती जड़ानको कार्य थालिने बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आफुलाई यो ठाउँमा राखेको कारणले यो काम गर्ने मौका पाएको छु र बत्ती जड़ानको लागि बिहीबारभित्र कागज पत्रहरू विभागमा बुझाएर आफ्नो व्यक्तिगत कोषबाट नै चाढ़ै काम शुरु हुने बताएका छन्। नरबुङ चियाबारीमा एमओडी सभासद प्रणाम रसाइलीले निरीक्षण गरी बत्ती जड़ानको लागि कार्य थालिदिएकोमा नरबुङ चियाबारीको तर्फबाट राजेस थापाले एमओडी सभासद प्रणाम रसाइली, जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई गाउँलेहरूको पक्षबाट धन्यवाद दिएका छन्। पावर विभागको एमओडी सभासद प्रणाम रसाइलीसित भागोप्रमो खरसाङ महकुमा समितिको प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement