खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा तीनधारेदेखि केही मुनि चुनभट्टीमा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोलीको अध्यक्षता र समष्टीको सांगठनिक सचिव उत्तम छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सचिव एंव क्षेत्रीय सभासद नवराज छेत्री, समष्टी सभापति राजीव थापा, समष्टीको सांगठनिक सचिव सीबी, समष्टीको सह सचिव रबि सुब्बा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई र सचिव सञ्जीव मंगर, नारी शक्ति समष्टि सभापति निरा प्रधान, विद्यार्थी संगठनबाट सुभम प्रधान लगायत रबीन गजमेर आदिले वक्तव्य राखेका थिए। समष्टी स्तरीय पार्टीको सांगठनिक सभामा वक्ताहरूले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनमा पार्टीले गर्ने संगठनको कार्यहरू विषयमा चर्चा परिचर्चा गरेका छन्। वक्ताहरूले आगामी दिनमा तीनधारे महानदी समष्टिको सबै बुथहरूमा गएर सांगठनिक सभाहरू गर्ने र बुथहरूमा कमिटी गठन गरिएको छैन भने पनि गठन गरिने बताइएको छ। सभामा वक्ताहरूले संगठनलाई बलियो र सांगठनिक रूपमा सुदृडीकरण गरेर लाने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा कृषि बागवानी मेला आयोजना गरिने निर्णय गरिएको छ भने सभामा आगामी ग्राम पञ्चायत चुनाव विषयमा चर्चा परिचर्चा पनि गरिएको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको नयाँ कमिटी गत २८ सेप्टेम्बरको दिन गठन गरिएको र आज उक्त नयाँ समष्टी कमिटीको दोस्रो सभा चुनभट्टीमा आयोजना गरिएको बताएका छन्। उनले आजको सभामा विशेष गरेर पार्टीको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्नलाई साथै पार्टीलाई सांगठनिक रूपमा बलियो बनाएर लाने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरू र भातृ संगठनहरू ट्रेड युनियन, भूतपूर्व सैनिक संगठन, नारी, युवा शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए।