जेफ बेजोसले दिए टीभी-कार नकिन्ने सुझाव

00-Bezos

नयाँ दिल्ली: विश्वका चौथो ठूलो धनी व्यक्ति जेफ बेजोसले मानिसहरूलाई टीभी र कारहरू जस्ता महँगो चीजहरू किन्ने योजनालाई तत्कालका लागि रोक्न सल्लाह दिएका छन्। उनले विश्व अर्थतन्त्र राम्रो अवस्थामा नरहेको र आउँदो दिनमा मन्दी आउन सक्ने बताए। बेजोस विशाल रिटेल कम्पनी अमेजनका संस्थापक र पूर्व सीईओ हुन्। अमेजनले विश्वभर १० हजार कर्मचारीहरूलाई हटाउने तयारी गरिरहेको छ। यसअघि ट्वीटरले पनि आधा कर्मचारीलाई बर्खास्त गरिसकेको छ भने फेसबुकको अभिभावक कम्पनी मेटाले पनि १० हजारभन्दा बढी कर्मचारीलाई निकालेको छ। अमेजन वालमार्ट पछि कर्मचारी संख्याको आधारमा अमेरिकाको दोस्रो ठूलो कम्पनी हो।

बेजोसले सीएनएनसँगको अन्तर्वार्तामा भने, ‘मन्दीको प्रभाव दीर्घकालीन हुनसक्छ। तसर्थ, नयाँ कार, टीभी र उपकरणहरू जस्ता महँगो वस्तुहरू किन्नबाट मानिसहरूले टाढा रहनुपर्छ र आफूलाई मन्दीको लागि तयार गर्नुपर्छ। साथै, उनले यो अनिश्चितताको वातावरणमा साना कम्पनीहरूले ठूला क्यापेक्स वा एक्विजिसनबाट टाढा रहनुपर्ने बताए। बेजोसले आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको बताए। त्यसैले हातमा केही नगद राख्नु बुद्धिमानी हो। उनले भने, ‘यतिबेला जोखिमबाट बच्नुपर्छ। यदि तपाईंले जोखिमलाई थोरै घटाउनु भयो भने यसले ठूलो फरक पार्छl’ यद्यपि अमेरिकी अर्थतन्त्र अझै प्राविधिक रूपमा मन्दीमा छैन, तर हालैको सर्वेक्षणमा ७५ प्रतिशत मानिसहरूले मन्दी महसुस गरिरहेको बताएका छन्। मुद्रास्फीति धेरै वर्षयताकै उच्च हो। विशेषगरी खाद्यान्न, इन्धन र घरजस्ता वस्तुको मूल्य ह्वात्तै बढेको छ। बेजोस भन्दा पहिले, धेरै अन्य दिग्गजहरूले पनि मन्दीको डराए। टेस्लाका सीईओ र विश्वका सबैभन्दा ठूलो धनी एलोन मस्कले गत महिना युरोप र चीनमा मन्दी जस्तो अवस्था रहेको बताएका थिए। उनले टेस्लाको बिक्री आगामी दिनमा घट्न सक्ने बताएका छन्। जेपी मोर्गन चेजका सीईओ जेमी डिमोनले अक्टोबरमा भनेका थिए, अमेरिका छ देखि नौ महिनामा मन्दीमा पर्न सक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *