सिलगढी: देशभरका साथसाथै दार्जिलिङ जिल्लाको नक्सलबारी ब्लकमा मंगलबार वीर बिरसा मुंडाको जन्मजयन्ती भव्यताका साथ मनाइयो। सो अवसरमा प्रशासनले आदिवासी जनजातिलाई विभिन्न वाद्य यन्त्र वितरण गरेको थियो।

कार्यक्रममा उपस्थित प्रशासकीय अधिकृतहरुले प्रदेश सरकारले आदिवासी जनजातिको हितमा सञ्चालित सामाजिक योजनाहरु बारे विस्तृत जानकारी दिएका थिए।