सिलगढी विशेष संशोधनमा आयोजित कानूनी जागरूकता शिविर

photocollage_20221115184554768.jpg

सिलगढी: दार्जिलिङ जिल्ला कानूनी सहायता फोरम र सिलगढी विशेष संशोधनको संयुक्त पहलमा, एक कानूनी जागरूकता शिविर आयोजित गरिएको थियो। यस शिविरमा सुधारगृहमा बसोबास गर्ने सयौं व्यक्तिको सहभागिता रहेको थियो। चेतना शिविरमा लागुऔषध दुव्र्यसन, घरेलु हिंसा, बाल दुव्र्यवहारको निदान लगायतका विभिन्न उपायहरु माथि प्रकाश पारिएको थियो। साथै लागुऔषध उन्मूलन केन्द्रका विभिन्न पक्षका बारेमा जानकारी गराइएको थियो।सुधारगृहमा रहँदा शारीरिक र मानसिक थकानबाट कसरी छुटकारा पाउने र समाजको मूलधारमा रहने चाहना बढाउने विषयमा पनि विस्तृत जानकारी दिइएको थियो। कार्यक्रमको संचालन कानूनी सहायताका अध्यक्ष अमित सरकारले गरेका थिए। शिविरमा राष्ट्रिय एथलेटिक प्रशिक्षक देवकुमार डे (कानु) फोरमका सहसम्पादक डा. अकिता मैत्रा, शिमा गुरुङ, दीपन गुरुङलगायतको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *