बिरसा मुण्ड जयन्तीको अवसरमा मिनी म्याराथनकाे आयोजना

IMG_20221115_181936.png

सिलगढी: बागडोगराको तरुण संघ क्लबले वीर बिरसाल मुण्डाको १४७औं जन्मजयन्तीको अवसरमा मंगलबार मिनी म्याराथन आयोजना गर्‍यो। मिनी म्याराथन प्रतियोगितामा करिब २०३ युवाको सहभागिता रहेको थियो। बागडोगरा भुटाबारीबाट सुरु भएको म्याराथन हंसखोयतरुण संघ क्लब परिवारमा समापन भएको थियो। सो अवसरमा बागडोगरा प्रहरी चौकी इन्चार्ज निर्मल कुमार दास, विभागीय परिषद् सदस्य अजय ओराव, समाजसेवी सञ्जय मित्तल, मनोरञ्जन सिंह, क्लबका अध्यक्ष सर्वन चिक बराइक, राजेश राई, पाल्देन लामा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। मिनी म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने तथा उत्कृष्ट प्रतियोगीलाई पुरस्कृत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement