माया मेमोरियल फूटबल टुर्नामेन्ट: सोरासाले एफसी र मिरिक युनाइटेड बी विजयी

IMG_20221115_142138.jpg

१५ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो म्याचमा सोरासाले एफसी-ले कृष्णनगर एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेकले २ अनि दिपेशले १ गोल गरे। यसरी नै कृष्णनगर एफसी-बाट अलोकले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा मिरिक युनाइटेड बी-ले शान्ति धारा (नेपाल)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त र अनिकेतले गोल गरे। बुधवार पनि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा पोखरेबुंग एफसी र थामी बोइज (मिरिक)-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच जिम्बा गाउँ र चेतन सेभेनबीच खेलिनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement