एटीपी फाइनल्सः सितसिपास विरुद्ध जोकोविचको लगातार नवौं जीत

photocollage_20221115124539528.jpg

१५ नोभेम्बरः सर्बियाका स्टार खेलाड़ी नोवाक जोकोविचले स्टेफानोस सितसिपासलाई एटीपी फाइनल्स टेनिस टुर्नामेण्टमा लगातार नवौंपल्ट पराजित गरी आफ्नो पहिलो म्याच ६-४, ७-६-ले जिते। २१ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविचले अस्ताना, कजाखस्तान र पेरिस मास्टर्समा पनि ग्रीसका खेलाड़ी सितसिपासलाई पराजित गरेका थिए। सितसिपासले गत तीन सालभन्दा अधिक समयदेखि जोकोविचलाई पराजित गर्न सकेका छैनन्। यसरी नै रुसका आन्द्रेई रुबलेवले आफ्नै देशका दानिल मेदवेदेवलाई ६-७, ६-३, ७-६-ले पराजित गरे। म्याच समाप्त भएपछि रुबलेवले युक्रेनमा जारी युद्धको उल्लेख गर्दै टेलिभिजन क्यामेरा अघि हामीलाई शान्ति चाहिन्छ भने।
रुबलेव र मेदवेदेवको साथमा रुस र बेलारुसका सबै खेलाड़ीहरू आफ्नो राष्ट्रध्वज बिना खेलिरहेका छन् अनि उनीहरूलाई आफ्नो नामको साथमा देशको नाम लेख्ने अनुमति छैन। युक्रेनमाथि सैन्य कार्वाहीले गर्दा रुस र बेलारुसका खेलाड़ीहरूमाथि धेरै देशहरूमा प्रतिबन्ध लगाइएको छ। रुबलेवले फरवरीमा पनि रुसको हमलापछि हामीलाई युद्ध चाहिँदैन भनेका थिए। रुसले हालै युक्रेनको खेरसनबाट सेना हटाएको छ, जसलाई गत नौ महिनामा युक्रेनको सबैभन्दा ठूलो सफलता मानिएको छ। यसबीच आइतवार टेलर फ्रिट्जले रफायल नडाल र केस्पर रुडले फेलिक्स आगर एलिसिमेलाई पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement