१५ नोभेम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आउँदो १८ दिसम्बरदेखि ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा हुने यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति १४ दिसम्बर रहेको छ। टीमहरूका निम्ति प्रवेश शुल्क ३ हजार रुपियाँ तोकिएको छ।