पचेंगमा विण्टर कप सोनादा फूटबल टुर्नामेण्ट हुने

IMG-20221115-WA0144.jpg

१५ नोभेम्बरः युनाइटेड रंगमूक सीडर्स गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा विण्टर कप सोनादा नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। पचेंगको दुबे ग्राउण्डमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति २१ नोभेम्बर रहेको छ। टीमहरूका निम्ति प्रवेश शुल्क ३५०० रुपियाँ तोकिएको छ भनी आयोजक समितिका सल्लाहकार सोयम गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement