पोख्रेबुङमा आँगनवाडी केन्द्रको उद्घाटन

IMG_20221114_235900.png

पोख्रेबुङ: नव निर्मित पोख्रेबुङ ग्राम पञ्चायत अन्तर्गत ट्रजम डाँडा गाउँ पोख्रेबुङ आँगनवाडी केन्द्रको उद्घाटन जोरबङगलो सुकेपोखरी खण्ड विकास कार्यालयद्वारा गरियो। उक्त केन्द्र एमएसडीपी योजना अन्तर्गत क्रमले ९ लाख ८७ हजार ९६७ रूपियाँको लागतमा निर्माण गरिएको थियो। उद्घाटन गरिएको केन्द्र खण्ड आईसीडीएस कार्यालयलाई सुम्पिए पछि सञ्चालित गरिने बताइएको छ। जोरबोङलो सुकेपोखरी संयुक्त खण्ड विकास अधिकारी देवदत्त ब्यानर्जीले आज आंँगनवाडी केन्द्रको विधिवत उद्घाटन गरे भने अब चाँडै जनसाधारणको सेवामा सञ्चालित गरिने तिनले बताए। यस अवधि तिनले स्थानीय नागरिकहरूसँग यहाँका विविध समस्या लगायत अन्य विषयमा बातचित गरे। उद्घाटन कार्यक्रममा सुकेपोखरी खण्ड विकास कार्यालयका सह अभियन्ता छिरिङ वाङदी शेर्पा, पोख्रेबुङ ग्राम पञ्चायत कर्मचारी अनि आईसीडीएस लगायत स्थानीय गाउँवासी, समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *