अध्यक्ष अनित थापा गोरुबथान समष्टिको भ्रमणमा
गोरूबथान: हिज बेलुकी कालेबुङ जिल्लाको गोरुबथान समष्टिको भ्रमण जीटीए चेयरम्यान तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा आएका छन्। तिनले आज बिहानदेखि नै गोरुबथान क्षेत्रका मानिसहरुलाई भेट गरिरहेका छन्। यस भेटघाट अवधिमा नै टीएमसी-का स्थानीय नेता राजु घिमिरे लगायत १० परिवार अनि गोजमुमोका पूर्व नेता विमान छेत्रीको अगुवाईमा १० परिवारले अनित थापालाई समर्थन जनाउँदै भागोप्रमो-मा सामेल भएका छन्। ती समर्थन गर्ने मोठ २० परिवारका सदस्यहरुलाई पार्टी अध्यक्ष अनित थापाले खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए।









