रानीपुलमा अज्ञात युवकको शव भेटियो

IMG_20221114_234717.jpg

गान्तोक: गान्तोक जिल्लाअन्तर्गत रानीपुलमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ। पुलिस सूत्रकाअनुसार शव कुहेको अवस्थामा थियो। स्थानीय सन फार्मा कम्पनीको हाउजिङ कलोनी सन सिटी छेउको खोल्चामा एउटा शव फेला परेको कसैले रानीपुल थानालाई सूचना दिएको थियो। सूचना पाएपछि घट्नास्थलमा पुगेको पुलिस दलले शवलाई खोल्चाबाट बाहिर लिकाल्यो। शव कुहेको अवस्थामा भएकोले युवकको मृत्यु धेरै दिन अघि भएको अनुमान लगाइएको छ। पुलिस सूत्रअनुसार अज्ञात युवकको उमेर 35देखि 40 वर्ष बीच रहेको छ। अज्ञात शवलाई पोस्टमर्टमको निम्ति मणिपाल अस्पताल पठाइएको छ। पुलिसले घट्नाको जाँच शुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *