दरामदिनमा दोस्रो मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिता आरम्भ

IMG-20221114-WA0449.jpg

सोरेङ: सोरेङ जिल्ला सोम्बारिया खेलमैदानमा दरामदिन खेलकुद संघद्वारा आयोजना दोस्रो मन्त्री स्वर्णकप उद्घाटन कार्यक्रममा सिक्किम सरकारका स्टेट ब्याङक् अफ सिक्किमका अध्यक्ष डीबी गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

आजदेखि आरम्भ भएको दोस्रो स्वर्ण कप उक्त कार्यक्रम २३ नोभेम्बरमा समापन हुनेछ। स्मरण रहोस्, १०१९ देखि दरामदिन खेलकुद संघ (डीकेकेएस) संस्था गठन गरेर बापत पहिलोपटक मन्त्री स्वर्णकप दरामदिन खेलकुद संघको तत्वावधानमा पुरुषवर्गको खुला फुटबल टुर्नामेन्ट खेलाइएको थियो। दोस्रो स्वर्ण कप पनि दरामदिन खेलकुद संघद्वारा आयोजनामा भइरहेको छ भने उक्त टुर्नामेन्टका मोठ १० टिमले अंशग्रहण गरेका छन्। टुर्नामेन्टका विजेता दललाई आकर्षक ट्रफी सहित नगद राशि पाँच लाख र उपविजेता दललाई ट्रफी सहित नगद राशि तीन लाख रुपियाँ प्रदान गरिने समितिले जनाएकोछ। सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले दरामदिन खेलकुद संघले खेलमा मात्रै सिमित नरहे धेरै समाजिक कामहरु गर्दै आइरहेको मन्तव्य राख्दै खोलेर प्रशंसा गरे। विभिन्न स्कुलका विद्यार्थीहरूले संस्कृति नृत्य प्रस्तु गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *