दोस्रो पूर्वोत्तर ओलम्पिकमा सिक्किमलाई नाममा २४ पदक

IMG-20221114-WA0447.jpg

गान्तोक: दोस्रो पूर्वोत्तर ओलम्पिक खेलमा सिक्किम राज्यले आफ्नो उत्कृष्ट प्रदर्शनी जारी राख्दै हालसम्म विभिन्न खेलमा मोठ २४ वटा मेडल हत्याइसकेको छ। ४०० मिटर अनि २०० मिटरको दौड़मा सुमिरण बस्नेतले रजत पदक हत्याएका छन्। यसरी नै १५०० मिटर महिला दौड़ प्रतियोगितामा सुश्री चन्द्रकला शर्माले पनि रजत पदक हत्याएकी छन्। अण्डर-२० वर्गको ५००० मिटरको दौड़मा मनोज विश्वकर्माले रजत पदक हत्याएका छन्। वेट लिफ्टिङको ५५ किलोग्राम वर्गमा दावा शेर्पाले काँस्य पदक हत्याउन सफल बनेका छन्। वुसु खेलमा सुश्री एञ्जल राई अनि निश्चल राईले रजत पदक हत्याए भने सुश्री नैनकला शर्मा, सुश्री फूर खाण्डु शेर्पा, सोमबहादुर तामाङ, फूर्बा दोर्जी शेर्पा अनि सुवास गुरुङले काँस्य पदक हत्याएका छन्।

सिक्किम राज्यले दोस्रो पूर्वोत्तर ओलम्पिक खेलमा १३ हिजोसम्म एथलेटिक्समा ४ वटा, आर्चेरीमा एउटा, वेट लिफ्टिङमा एउटा, ताइक्वाण्डोमा ३ रजत अनि ९ काँस्य, वुसुमा २ रजत अनि ४ काँस्य पदक आफ्नो नाम गरिसकेको छ। महिला वर्गको बास्केटबल टोली अनि महिला फूटबल टोली सेमिफाइनलमा अनि बक्सिङ र कराँते टोली फाइनलमा पुगेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *