पेदोङमा ‘बुद्ध रत्न सम्मान २०२२’

00-IMG-20221114-WA0058

पेदोङ: पेदोङ महायान बौद्ध साधना संघको विशेष पहलमा गत् २०१४ सालदेखि बौद्ध धर्म र दर्शनको प्रचार – प्रसार एवं संरक्षणमा लागि परेका कर्मठ कार्यकर्ताहरूलाई दुई वर्षको अन्तरालमा “बुद्ध रत्न सम्मान” प्रदान गर्दै आईरहेको छ। यस वर्षको “बुद्ध रत्न सम्मान २०२२” दार्जीलिङ धर्मचक्र कमिटीका अध्यक्ष एवं पूर्व सचिव, डुक थुपतेन सानाग छोइलिङ गोन्पा, डाली, दार्जीलिङका पूज्यनीय लोपेन लामा पेम्बा शेर्पालाई बौद्ध धर्म र दर्शनको उत्थान र संरक्षणप्रति अतुलनीय योगदानको निम्ति प्रदान गरिने छ। उक्त समारोहको सभा शिरोमणिको हैसियतमा अति पूज्यनीय कमला रिन्पोर्छे (क्याब्जे झाड्राल साङ्गे दोर्जे रिन्पोर्छेका दिव्य संगिनी) उपस्थित रहनु हुनेछ। त्यसै समारोहमा उहाँको कर कमल तथा वाणीवाट २१ तारादेवी (जेच्युन डोल्मा) को विशेष आगाम र अभिषेक (लुङ र वाङ) पनि उपस्थित भक्तजनहरूलाई प्रदान गर्नु हुनेछ। यसर्थ सर्व जन जनार्दनहरूलाई आउँदो २० नोभेम्बर २०२२ (आइतबार) को दिन बिहान १० बजेदेखि स्थानीय समुदाय हल, पेदोङ्गमा उपस्थित भईदिने पासाङ भोटिया, संघका कार्यकारी सदस्यद्वारा प्रेस विज्ञप्ति मार्फत अनुरोध एवं निमन्त्रत्रणा जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *