१४ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) च्याम्पियन भयो। अप्पर फागू खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा डीएसए-ले युनाइटेड एफसी दार्जीलिङलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा डीएसए-बाट विशाल कार्जीले गोल गरे। यसरी नै युनाइटेड एफसी-बाट माइकल राईले गोल गरे। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः ८ नम्बर जर्सीधारी खेलाड़ी (डीएसए)
प्लेयर अव् द टुर्नामेण्टः योगेश लामा (डीएसए)
बेस्ट गोलकीपरः योगेश लामा (डीएसए)
फेयर प्ले ट्रफीः किशोर संघ, सिलगढ़ी