सिक्किम विश्वविद्यालयको सप्ताहव्यापी दीक्षान्त समारोह शुरु

00-IMG-20221114-WA0036

गान्तोक: सिक्किम विश्वविद्यालयको सप्ताहव्यापी दीक्षान्त समारोहअन्तर्गत आयोजित कवि सम्मेलन उपकूलपति तथा विश्वविद्यालयका अन्य गण्यमान्यजनको उपस्थितिमा शुभारम्भ गरियो। यस अवसरमा अतिरिक्त पीसीसीएफ तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तव मुख्य अतिथिका रूपमा उपस्थित थिए। हिन्दी अनि नेपाली भाषाका लब्धप्रतिष्ठ कवि बुद्धिनाथ मिश्र, मनप्रसाद सुब्बा, प्रवीण राई जुमेली, रूपा तामाङ, दीपा राई, रेमिका थापा अनि प्रख्यात मिश्रले यस अवसरमा कविता वाचन गरे। यसका साथै सिक्किमको रैथाने भाषाका कविहरूले पनि आफ्नो रचना पाठ गरे, जसमा एबी सुब्बा, रिञ्छेनअङमु लेप्चा र कर्मलोपसाङ भोटियाले क्रमश लिम्बू, लेप्चा र भोटिया भाषाका कविता पाठ गरे।

आमन्त्रित अतिथि अनि कवि तथा दर्शकहरूलाई स्वागत जनाउँदै आयोजन समितिका समन्वयक प्रो. वीणु पन्तले सिक्किम विश्वविद्यालयको इतिहासमा यो कार्यक्रम उल्लेखनीय कोशेढुङ्गा साबित हुने बताइन्। यसै गरी उपकूलपति प्रो. अविनाश खरेले आफ्नो सम्बोधनमा यस कार्यक्रमले विश्वविद्यालयमा सांस्कृतिक साथै शैक्षणिक गतिविधिलाई बढी महत्त्व दिइरहेको बोध गराउने बताए। उपकूलपतिले यस अवसरमा विश्वविद्यालयको इतिहास स्थापना सन् २००७ देखि हालसम्मको यात्राबारे पहिलो वृत्तचित्र पनि लोकार्पण गरे। कार्यक्रमलाई सफल बनाउन वरिष्ठ साहित्यकार एसडी ढकाल, विश्वविद्यालयका वैधानिक अधिकारी, विभिन्न विभागका सङ्काय सदस्यका साथै विद्यार्थीहरूले सहभागिता जनाएका थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement