त्रैमासिक आधारमा एमएसएमई उद्यमहरूलाई सेप्टेम्बर २०२२ मा अग्रिममा ८.०१ प्रतिशतको वृद्धि

00-Photo-1

गान्तोक: सेप्टेम्बर २०२२ मा समाप्त त्रैमासिकको निम्ति एमएसएमईहरूलाई ऋण प्रवाहको प्रगतिको समीक्षा गर्न सिक्किमका लागि एमएसएमईहरूका अधिकारप्राप्त समितिको ११औं बैठक १० नोभेम्बरको दिन गान्तोकमा सम्पन्न भयो। आरबीआई गान्तोकका प्रभारी अधिकारी एवं महाप्रबन्धक किशोर परियारको अध्यक्षतामा आयोजित बैठकमा नाबार्ड, सिक्किमका प्रभारी अधिकारी एवं महाप्रबन्धक एस.के. गुप्त, भारत सरकारको एमएसएमई-डीएफओका संयुक्त निर्देशक अमितकुमार तमरिया पनि उपस्थित थिए। यसका साथै सिडबी, सिक्किम उद्यमिता एवं र्थिक विकास (सीड) प्रकोष्ठका वरिष्ठ अधिकारीगण लगायत सिक्किम राज्यमा सञ्चालित विभिन्न ब्याङ्कका शाखा प्रमुखहरू पनि उपस्थित थिए।

आफ्नो सम्बोधनमा आरबीआईका महाप्रबन्धक किशोर परियारले भारतीय अर्थनीतिको समावेशी विकासका लागि एमएसएमई क्षेत्रलाई प्रदान गरिएको महत्त्वका साथमा वहनीय तरिकाले यस क्षेत्रमा ऋणको प्रवाह बढाउन भारत सरकार अनि आरबीआईद्वारा चालिएका कदमहरूबारे प्रकाश पारे। सिक्किम राज्यमा एमएसएमई क्षेत्रलाई ऋण प्रवाहको परिप्रेक्ष्यमा बोल्दै ब्याङ्कहरूको कार्यनिष्पादनको समीक्षा गर्न तय विभिन्न मानकमा सामान्य वृद्धि हासिल गरेवापत् उनले ब्याङ्कहरूको सराहना गरे।

भारत सरकारको एमएसएमई-डीएफओका संयुक्त निर्देशक अमितकुमार तमरियाले एमएसएमई क्षेत्रलाई प्रोत्साहित गर्नका साथै राज्यमा उद्यमितालाई बढावा दिन चालिएका कदमहरूबारे जानकारी दिए। यसै गरी नाबार्डका महाप्रबन्धक एसके गुप्तले नाबार्डद्वारा राज्यमा वित्तीय जागरूकता फैलाउन निर्धारित वित्तीय समावेशन निधि (एफआइएफ) बारे जानकारी दिँदै ब्याङ्कहरूलाई यसको लाभ उठाउन आग्रह गरे। बैठकमा एमएसएमई क्षेत्रहरूलाई ब्याङ्कद्वारा वित्तपोषणको प्रगतिको समीक्षाका साथमा सेप्टेम्बर २०२२ मा समाप्त त्रैमासिकका लागि विभिन्न सरकारद्वारा प्रायोजित योजनाअन्तर्गत उपलब्धिको पनि समीक्षा गरियो। प्रधानमन्त्री रोजगार प्रत्याभूति योजना अन्तर्गत ऋण प्रवाह वित्ती वर्ष २०२२-२३ को वार्षिक लक्ष्यको ८९.८० प्रतिशत रहेको थियो। एमएसएमईहरूलाई ऋण प्रदान गर्ने दिशामा वृद्धि त्रैमासिक आधारमा ८.०१ प्रतिशत तथा वर्षदर वर्षको आधारमा ४६.६४ प्रतिशत दर्ता गरिएको छ। सूम उद्यमहरूलाई ऋणादान वर्षदर वर्षको आधारमा २१.४९ प्रतिशतको वृद्धि दर्ता गरिएको छ। आफ्नो समापन सम्बोधनमा आरबीआइका महाप्रबन्धक परियारले उदीयमान उद्यमीहरूलाई आवश्यक ऋण प्रदान गर्नका साथै अन्तिम व्यक्तिसम्म पुगी राज्यको समग्र आर्थिक मार्गमा सकारात्मक अनि व्यापक प्रभाव पार्ने हिसाबले काम गर्न प्रोत्साहित गरे। पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement